प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा : Icon Khabar

काठमाडौं, जेठ २५ । भोली देखि नेपाल तेक्वान्दो संघले  “1st NTA Open Kyorugi League Taekwondo Championship – 2023” आयोजना गर्ने भएको छ।

संघद्वारा बढि भन्दा बढि प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता र अनुभव हासिल गराई भविष्यका लागि नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्दै आगामी दिनका लागि उत्कृष्ट खेलाडीहरुको चयन गर्ने उद्देश्यले यो प्रतियोगिताले अहमभूमिका खेल्नेछ भनि संघले विश्वास लिएको जनाएको छ ।

प्रतियोगितामा नेपाल भरिका करिब १ हजार जना खेलाडीहरुले सहभागिता जनाउनुका साथ सिनियर ईभेन्ट तर्फ १८ वटा तौल समूह, जुनियर तर्फ तथा क्याडेट तर्फ६–६ र चिल्ड्रेन तर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिता भोलि शुक्रबारका औपचारिक रुपमा उद्घाटन हुने आयोजक समितिका अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

गत वैशाख १३ गतेका दिन “1st NTA Open Poomsae League Taekwondo Championship – 2023” सफलताका साथ सम्पन्न भएको संयोजक बल्लु सिवाकोटीले जानकारी दिए ।

Published Date: 08 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग