प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

प्रथम एन. टि. ए. खुल्ला ग्यरोगीलिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा : Icon Khabar

काठमाडौं, जेठ २५ । भोली देखि नेपाल तेक्वान्दो संघले  “1st NTA Open Kyorugi League Taekwondo Championship – 2023” आयोजना गर्ने भएको छ।

संघद्वारा बढि भन्दा बढि प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता र अनुभव हासिल गराई भविष्यका लागि नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्दै आगामी दिनका लागि उत्कृष्ट खेलाडीहरुको चयन गर्ने उद्देश्यले यो प्रतियोगिताले अहमभूमिका खेल्नेछ भनि संघले विश्वास लिएको जनाएको छ ।

प्रतियोगितामा नेपाल भरिका करिब १ हजार जना खेलाडीहरुले सहभागिता जनाउनुका साथ सिनियर ईभेन्ट तर्फ १८ वटा तौल समूह, जुनियर तर्फ तथा क्याडेट तर्फ६–६ र चिल्ड्रेन तर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिता भोलि शुक्रबारका औपचारिक रुपमा उद्घाटन हुने आयोजक समितिका अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

गत वैशाख १३ गतेका दिन “1st NTA Open Poomsae League Taekwondo Championship – 2023” सफलताका साथ सम्पन्न भएको संयोजक बल्लु सिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 June 2023
Website | + posts




ताजा
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने