उडिरहेकाे श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

उडिरहेकाे श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि : Icon Khabar

काठमाडौँ, जेठ २३ । उडिरहेकाे श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं अवतरण गरिएको छ । काठमाडौंबाट धनगढी उडिरहेको जहाजमा प्राविधिक समस्याका कारण आकाशमै घुमाएर काठमाडौं फर्काइएको छ।

प्रेसराइजेसन फेलियरका कारण आकाशमै ढोका खुलेपछि श्री एयरलाइन्सको २२१ जहाज आकाशमf ३० मिनेट घुमेकाे थियाे । श्री एयरलाइन्सकाे उक्त जहाज त्रिभुवन विमानस्थलबाट विहान ८ बजेर १० मिनेटमा उडेकाे थियाे ।

काठमाडौंबाट उडेको १० मिनेटमै हावाकाे प्रेसर बढि भएपछि ढाेका खुलेकाे थियाे । जहाज बाहिरकाे वातावरण र जहाज भित्रकाे वातावरण नमिल्दा यस्ताे हुने गरेकाे छ । साे विमान काठमाडौंकाे विमानस्थलमा बिहान ८ बजेर ३८ मिनेटमा सफल अवतरण गरिएको थियाे ।

जहाजमा करिब ८० जना यात्रु रहेका थिए । ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको छ ।

Published Date: 06 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग