उडिरहेकाे श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

उडिरहेकाे श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि : Icon Khabar

काठमाडौँ, जेठ २३ । उडिरहेकाे श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं अवतरण गरिएको छ । काठमाडौंबाट धनगढी उडिरहेको जहाजमा प्राविधिक समस्याका कारण आकाशमै घुमाएर काठमाडौं फर्काइएको छ।

प्रेसराइजेसन फेलियरका कारण आकाशमै ढोका खुलेपछि श्री एयरलाइन्सको २२१ जहाज आकाशमf ३० मिनेट घुमेकाे थियाे । श्री एयरलाइन्सकाे उक्त जहाज त्रिभुवन विमानस्थलबाट विहान ८ बजेर १० मिनेटमा उडेकाे थियाे ।

काठमाडौंबाट उडेको १० मिनेटमै हावाकाे प्रेसर बढि भएपछि ढाेका खुलेकाे थियाे । जहाज बाहिरकाे वातावरण र जहाज भित्रकाे वातावरण नमिल्दा यस्ताे हुने गरेकाे छ । साे विमान काठमाडौंकाे विमानस्थलमा बिहान ८ बजेर ३८ मिनेटमा सफल अवतरण गरिएको थियाे ।

जहाजमा करिब ८० जना यात्रु रहेका थिए । ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने