नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन : Icon Khabar

काठमाडौं, जेठ २२ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ । आज आयोजित एक भव्य कार्यक्रम बीच यस कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल,  विमल प्रसाद ढकाल र  कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेको छ ।

करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने जनाएको छ । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत  अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको पनि बताए । अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचाकहरुको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको कुरा सगौरव बताए ।

कार्यक्रममा अतिथि नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख  केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानिय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको कुरा गरे । उनले बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरुले हातेमालो गरेर अगाडी बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य विमल प्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सिमा आफै तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको गहन विचार व्यक्त गरे ।

समारोहमा बोल्दै कम्पनीका संचालक समितिका सदस्य  कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमा सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महशुस भएको बताए । नेपाल लाइफको काठमाडौँ उपत्यका बाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताए । उनले हरेक घरमा एक बीमाको आवाधारणलाई मुर्त रुप प्रदान गर्नुका साथ साथै गरिब, सिमान्तकृत समुदायलाई बीमाको दायरा भित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिए ।

समुद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरि सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुर्ण रहेको बताए । उनले आगामी दिनहरुमा कम्पनीलाइ थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु समेत रहेको कुरा बताउदैँ प्रादेशिक कार्यलयको स्थापना संगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरण संगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको बताए ।

कार्यक्रमको संचालन यस कम्पनीको गण्डकी प्रदेशका प्रमुख  अनन्त अधिकारीले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी