भद्रकाली र साइपालको जित

भद्रकाली र साइपालको जित : Icon Khabar

काठमाडौं, जेठ २२ । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित गर्यो । भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा साइपालले बीएमसीए ‘ए’ लाई २९–२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ तथा बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले पाखा लगाए । सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे ।

सिनियर गल्र्समा एचएचसीएले साइपाललाई ३१–२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छाए । एचएचसीएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६–६ स्कोर गरे ।

जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२०, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० ले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।

Published Date: 05 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग