मध्य वानेश्वरमा सामसङले गर्यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

मध्य वानेश्वरमा सामसङले गर्यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ : Icon Khabar

काठमाडौं, जेठ २२ । सामसङले हालै मध्यवानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुनपार्क,निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ ।

बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवाप्रदान गर्दै आइरहेको थियो र वानेश्वर स्थित रहेको २१औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भर पर्दो एवं सुलभ सेवा प्रदानगर्ने कम्पनीको विश्वास्त रहेको छ ।

यस वानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । सो प्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वस्त रहेको जनाएको छ ।

Published Date: 05 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग