हिसान दौडमा विकेश र हृदय पहिलो

हिसान दौडमा विकेश र हृदय पहिलो : Icon Khabar

काठमाडौं, जेठ २२ । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो भएका छन् । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् ।

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए ।

विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेनसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।

ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात  पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुद मन्त्री लिम्बूले गरेका थिए ।

Published Date: 05 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग