ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले पदभार ग्रहण गर्दै

ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले पदभार ग्रहण गर्दै : Icon Khabar

काठमाडौँ, जेठ २२ । ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले आज अर्थात् सोमबार पदभार ग्रहण गर्दैछिन् । यसअघि एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपका अध्यक्षको रूपमा उनले काम गरिसकेकी छिन् ।

याकारिनोले एनबीसी युनिभर्सलका कार्यकारी उपाध्यक्ष जो बेनारोचलाई उनीसँग ट्विटरमा काम गर्न नियुक्त समेत गरेकी छिन्। वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार बेनारोच याकारिनोका विश्वसनिय सल्लाहकार हुन् ।

गत महिना ट्विटरका मालिक एलन मस्कले नयाँ सीईओको बारेमा जानकारी दिएका थिए। मस्कले लेखेका थिए, ‘म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु । लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछिन् । म भने उत्पादनकाे डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु।’ एलन मस्कले टेस्ला र स्पेसएक्समा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका छन्।

Published Date: 05 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग