ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले पदभार ग्रहण गर्दै

ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले पदभार ग्रहण गर्दै : Icon Khabar

काठमाडौँ, जेठ २२ । ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले आज अर्थात् सोमबार पदभार ग्रहण गर्दैछिन् । यसअघि एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपका अध्यक्षको रूपमा उनले काम गरिसकेकी छिन् ।

याकारिनोले एनबीसी युनिभर्सलका कार्यकारी उपाध्यक्ष जो बेनारोचलाई उनीसँग ट्विटरमा काम गर्न नियुक्त समेत गरेकी छिन्। वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार बेनारोच याकारिनोका विश्वसनिय सल्लाहकार हुन् ।

गत महिना ट्विटरका मालिक एलन मस्कले नयाँ सीईओको बारेमा जानकारी दिएका थिए। मस्कले लेखेका थिए, ‘म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु । लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछिन् । म भने उत्पादनकाे डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु।’ एलन मस्कले टेस्ला र स्पेसएक्समा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने