सोमबार नेप्से परिसूचक २.८८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २.८८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २२ । आज नेप्से परिसूचक २.८८ अंकले घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 05 June 2023


ताजा
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु