सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने निश्चित

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने निश्चित : Icon Khabar

काठमाडौँ, जेठ २१ । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने तयारीमा छन् । यसअघि  मुद्याको सुनुवाइमा ढिलाइ हुँदा उनका कानुनी समुहले क्रिकेटर सन्दिपलाई नपठाउने निर्णय गरेका थिए । तर जिल्ला अदालत काठमाडौंले अबको पेशी असार २९ गतेसम्मकालागि सारेपछि उनी भोलि जाने निश्चित भएको हो ।

अब भने सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिका पठाउने भएको छ। पेशीमा हाजिर हुने समय बाँकी भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्नेछन्।

प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीपलाई कानुन व्यवसायीले नजान सल्लाह दिएका थिए । उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछि सार्न दिएकाे निवेदन अदालतले स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने पक्का भएकाे हाे ।

राष्ट्रिय क्रिकेट टोली गत मङ्गलवार नेपालबाट दक्षिण अफ्रिका गइसकेकाे छ । नेपालकालागि निकै आवश्यक मानिएकाे खेलमा सन्दीप लामिछाने नै नरहँदा खेल जित्न गार्हाे पर्ने अनुमान लगाइएकाे थियाे र प्रशंषकहरूले यस निर्णयविरूद्ध आलोचना गरिरहेका थिए ।

Published Date: 04 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली