सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने निश्चित

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने निश्चित : Icon Khabar

काठमाडौँ, जेठ २१ । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने तयारीमा छन् । यसअघि  मुद्याको सुनुवाइमा ढिलाइ हुँदा उनका कानुनी समुहले क्रिकेटर सन्दिपलाई नपठाउने निर्णय गरेका थिए । तर जिल्ला अदालत काठमाडौंले अबको पेशी असार २९ गतेसम्मकालागि सारेपछि उनी भोलि जाने निश्चित भएको हो ।

अब भने सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिका पठाउने भएको छ। पेशीमा हाजिर हुने समय बाँकी भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्नेछन्।

प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीपलाई कानुन व्यवसायीले नजान सल्लाह दिएका थिए । उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछि सार्न दिएकाे निवेदन अदालतले स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने पक्का भएकाे हाे ।

राष्ट्रिय क्रिकेट टोली गत मङ्गलवार नेपालबाट दक्षिण अफ्रिका गइसकेकाे छ । नेपालकालागि निकै आवश्यक मानिएकाे खेलमा सन्दीप लामिछाने नै नरहँदा खेल जित्न गार्हाे पर्ने अनुमान लगाइएकाे थियाे र प्रशंषकहरूले यस निर्णयविरूद्ध आलोचना गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने