चीनको सिचुआन एयरलाइन्सद्वारा पोखरा विमानस्थललाई छेङ्दु-पोखरा चार्टर उडानको प्रस्ताव

चीनको सिचुआन एयरलाइन्सद्वारा पोखरा विमानस्थललाई छेङ्दु-पोखरा चार्टर उडानको प्रस्ताव : Icon Khabar

काठमाडौं, जेठ २० । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले छ महिना सञ्चालन गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीनको सिचुवान एयरलाइन्सले छेन्दु–पोखराका लागि दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार असार २१ गते दुईवटा चार्टर उडान हुनेछन्।“कम्पनीले न्यारोबडी एयरक्राफ्टमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ । थप विवरण आउन बाँकी छ,’ गौतमले भने ।

सोसाइटी इन्टरनेशनल नेपालको लागि सिचुआन एयरलाइन्सको आधिकारिक टिकटिङ कम्पनी हो। यस विमानस्थलमा बुद्ध, यति, श्री, सौर्यलगायतका वायुसेवा कम्पनीले नियमित उडान भर्दै आएका छन् ।

प्राधिकरणकाका अनुसार हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुवान एयरलाइन्सलगायतका वायुसेवा कम्पनीहरूले यस विमानस्थलबाट नियमित उडानका लागि सम्भाव्यता अध्ययन गरिरहेका छन् । बुद्ध एयरले यस विमानस्थलबाट भारतका विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

Published Date: 03 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु