चीनको सिचुआन एयरलाइन्सद्वारा पोखरा विमानस्थललाई छेङ्दु-पोखरा चार्टर उडानको प्रस्ताव

चीनको सिचुआन एयरलाइन्सद्वारा पोखरा विमानस्थललाई छेङ्दु-पोखरा चार्टर उडानको प्रस्ताव : Icon Khabar

काठमाडौं, जेठ २० । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले छ महिना सञ्चालन गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीनको सिचुवान एयरलाइन्सले छेन्दु–पोखराका लागि दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार असार २१ गते दुईवटा चार्टर उडान हुनेछन्।“कम्पनीले न्यारोबडी एयरक्राफ्टमार्फत दुईवटा चार्टर उडानको प्रस्ताव गरेको छ । थप विवरण आउन बाँकी छ,’ गौतमले भने ।

सोसाइटी इन्टरनेशनल नेपालको लागि सिचुआन एयरलाइन्सको आधिकारिक टिकटिङ कम्पनी हो। यस विमानस्थलमा बुद्ध, यति, श्री, सौर्यलगायतका वायुसेवा कम्पनीले नियमित उडान भर्दै आएका छन् ।

प्राधिकरणकाका अनुसार हिमालय एयरलाइन्स, जजिरा एयरवेज, सिचुवान एयरलाइन्सलगायतका वायुसेवा कम्पनीहरूले यस विमानस्थलबाट नियमित उडानका लागि सम्भाव्यता अध्ययन गरिरहेका छन् । बुद्ध एयरले यस विमानस्थलबाट भारतका विभिन्न सहरमा नियमित उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने