सरकारले अन्तःशुल्क वृद्धि गरेपछि काेल्ड ड्रिंक्सको पनि शुल्क वृद्धि हुने

सरकारले अन्तःशुल्क वृद्धि गरेपछि काेल्ड ड्रिंक्सको पनि शुल्क वृद्धि हुने : Icon Khabar

काठमाडौँ, जेठ २० । सबै प्रकारका काेल्ड ड्रिंक्स र बाेतलमा भएका जुस लगायतका पेय पदार्थकाे मूल्य बढ्ने भएकाे छ । सरकारले सबै प्रकारका जुस र चिसाे पेय पदार्थकाे अन्तःशुल्क वृद्धि गरेकाे छ ।

हल्का चिसो पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क लाग्ने भएकाे छ । यसअघि अन्तःशुल्क लाग्ने गरेकाे थिएन । यसैगरी, फलफूलको जुसको अन्तःशुल्क १३ रुपैयाँ लगाइने भएको छ । यसअघि प्रतिलिटर ११ रुपैयाँ रहेको जुसमा २ रुपैयाँले बढाइएकाे हाे।

अब कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ र आँप, स्याउ, अम्बा, अनार, अंगुर, भुइँकटहर, पमेलो, क्रयानबेरी सहितका फलफूल रसयुक्त जुस महँगो हुने भएकाे छ ।

Published Date: 03 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु