विश्व बैंकको सहयोगमा मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति हुँदै

विश्व बैंकको सहयोगमा मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति हुँदै : Icon Khabar

भरतपुर, जेठ २० । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) ले ३९ किलोमिटर मुग्लिन–मलेखु सडकखण्डको विस्तार तथा स्तरोन्नतिको काम शुरु गरेको छ ।

शर्मा जेभीले निर्माणको ठेक्का पाएको र पहिलो चरणमा पाँच किलोमिटर सडक निर्माण भइरहेको आयोजना प्रमुख किरण कार्कीले बताए ।

ठेक्का सम्झौता अनुसार १७ किलोमिटर सडक चितवन जिल्ला र २२ किलोमिटर धादिङतर्फ स्तरोन्नति गरिने छ ।

बजार क्षेत्रका फुटपाथ, सडक डिभाइडर र बिजुलीका पोलसहित सडक चारदेखि छ लेनको हुने कार्कीले बताए । मलेखु, शितलबजार, बेनीघाट, विशालटार, माझिटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलो डाडा र मुग्लिनमा पनि १० ओभरहेड ब्रिज निर्माण गरिने भएको छ ।

त्यसैगरी रुटमा ६ वटा पुल पनि निर्माण गरिने भएको छ । गोमती खोला, चरौदी खोला, खतौनी खोला, हुग्ली खोला, मौवा र बरबाङ खोलामा पुल निर्माण गरिनेछ ।

आयोजनाको कुल लागत ४ अर्ब ८ करोड रुपैयाँ छ ।

आयोजनाले सडक चौडा गर्न करिब ३५० रुख काट्ने लक्ष्य राखेको छ । ‘हामीले पहाड खन्नेभन्दा खोला किनारमा पर्खाल बनाउनलाई प्राथमिकता दिएका छौं’, कार्कीले भने, ‘कम्तीमा २० वर्षसम्म टिक्ने खालको सडकको डिजाइन बनाइएको हो ।

यो सडक खण्ड संघीय राजधानीबाट भित्रिने र बाहिरिने प्रमुख मार्ग भएकाले समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल