विश्व बैंकको सहयोगमा मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति हुँदै

विश्व बैंकको सहयोगमा मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति हुँदै : Icon Khabar

भरतपुर, जेठ २० । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) ले ३९ किलोमिटर मुग्लिन–मलेखु सडकखण्डको विस्तार तथा स्तरोन्नतिको काम शुरु गरेको छ ।

शर्मा जेभीले निर्माणको ठेक्का पाएको र पहिलो चरणमा पाँच किलोमिटर सडक निर्माण भइरहेको आयोजना प्रमुख किरण कार्कीले बताए ।

ठेक्का सम्झौता अनुसार १७ किलोमिटर सडक चितवन जिल्ला र २२ किलोमिटर धादिङतर्फ स्तरोन्नति गरिने छ ।

बजार क्षेत्रका फुटपाथ, सडक डिभाइडर र बिजुलीका पोलसहित सडक चारदेखि छ लेनको हुने कार्कीले बताए । मलेखु, शितलबजार, बेनीघाट, विशालटार, माझिटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलो डाडा र मुग्लिनमा पनि १० ओभरहेड ब्रिज निर्माण गरिने भएको छ ।

त्यसैगरी रुटमा ६ वटा पुल पनि निर्माण गरिने भएको छ । गोमती खोला, चरौदी खोला, खतौनी खोला, हुग्ली खोला, मौवा र बरबाङ खोलामा पुल निर्माण गरिनेछ ।

आयोजनाको कुल लागत ४ अर्ब ८ करोड रुपैयाँ छ ।

आयोजनाले सडक चौडा गर्न करिब ३५० रुख काट्ने लक्ष्य राखेको छ । ‘हामीले पहाड खन्नेभन्दा खोला किनारमा पर्खाल बनाउनलाई प्राथमिकता दिएका छौं’, कार्कीले भने, ‘कम्तीमा २० वर्षसम्म टिक्ने खालको सडकको डिजाइन बनाइएको हो ।

यो सडक खण्ड संघीय राजधानीबाट भित्रिने र बाहिरिने प्रमुख मार्ग भएकाले समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक निर्माण हुन लागेको हो ।

Published Date: 03 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु