रारा ताल पुग्ने कच्ची सडकका कारण पर्यटकलाई सास्ती

रारा ताल पुग्ने कच्ची सडकका कारण पर्यटकलाई सास्ती : Icon Khabar

काठमाडौं, जेठ १९ । मुगु जिल्लाको रारा ताल घुम्न आउने पर्यटकले सडकको पहुँच नहुँदा सास्ती खेप्नु परेको छ ।

तालसम्म जाने नागमा–गमगढी सडकका विभिन्न ठाउँमा क्षति पुगेको छ । जसका कारण हिउँदमा धुलो र वर्षायाममा हिलो हुने भएकाले पर्यटकलाई तालमा पुग्न गाह्रो हुने गरेको छ ।

बारम्बार आग्रह गर्दा पनि सडक कालोपत्र नगरिएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । सडक कालोपत्रका लागि बजेट विनियोजन नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०२३/२४ को बजेटमा सडकलाई प्राथमिकतामा राख्न नसक्दा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । ‘नग्मा–सिञ्जा–गमगढी सडकलाई बजेटमा प्राथमिकता नदिइएकोमा जुम्ला र मुगु जिल्लाका सांसदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएर संशोधन प्रस्ताव गर्नुपर्छ’, सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने ।

उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सडक कालोपत्र गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

Published Date: 02 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग