रारा ताल पुग्ने कच्ची सडकका कारण पर्यटकलाई सास्ती

रारा ताल पुग्ने कच्ची सडकका कारण पर्यटकलाई सास्ती : Icon Khabar

काठमाडौं, जेठ १९ । मुगु जिल्लाको रारा ताल घुम्न आउने पर्यटकले सडकको पहुँच नहुँदा सास्ती खेप्नु परेको छ ।

तालसम्म जाने नागमा–गमगढी सडकका विभिन्न ठाउँमा क्षति पुगेको छ । जसका कारण हिउँदमा धुलो र वर्षायाममा हिलो हुने भएकाले पर्यटकलाई तालमा पुग्न गाह्रो हुने गरेको छ ।

बारम्बार आग्रह गर्दा पनि सडक कालोपत्र नगरिएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । सडक कालोपत्रका लागि बजेट विनियोजन नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०२३/२४ को बजेटमा सडकलाई प्राथमिकतामा राख्न नसक्दा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । ‘नग्मा–सिञ्जा–गमगढी सडकलाई बजेटमा प्राथमिकता नदिइएकोमा जुम्ला र मुगु जिल्लाका सांसदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएर संशोधन प्रस्ताव गर्नुपर्छ’, सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने ।

उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सडक कालोपत्र गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2023
Website | + posts