फेवातालको चार सिमानाभित्र बुलडोजर प्रयोग नगर्न उच्च अदालत पोखराको आदेश

फेवातालको चार सिमानाभित्र बुलडोजर प्रयोग नगर्न उच्च अदालत पोखराको आदेश : Icon Khabar

पोखरा, जेठ १९ । उच्च अदालत पोखराले फेवातालको चार सिमानाभित्र बुलडोजर प्रयोग नगर्न महानगरलाई अन्तरिम आदेश दिएको छ । अदालतले सो क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न निषेध गरेको छ ।

उच्च अदालत पोखराको एकल इजलासको अध्यक्षतामा न्यायाधीश डिल्लीराज आचार्यको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

साथै, अदालतले पोखरा महानगरपालिकालाई फेवातालको सिमानालाई प्रतिबन्धित निर्माण क्षेत्र घोषणा गर्न निर्देशन दिएको छ । त्यसमा संलग्न बुलडोजर र ट्रक जफत गर्न र चालक र सञ्चालकलाई कानुनी कारबाही गर्न महानगरलाई निर्देशन दिएको छ ।

पोखरा उच्च अदालतले पोखराको ताल क्षेत्रको संरक्षणका लागि कम्तीमा एक प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा टोली गठन गरी सुपरिवेक्षण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिएको छ ।

फेवाताल क्षेत्रको अतिक्रमण रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालतमा रिट दायर गरेका थिए ।

सुनुवाइका क्रममा उच्च अदालत पोखराले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणकी प्रमुख कल्पना देवकोटा र पोखराका मेयर धनराज आचार्यलाई सोधपुछ गरेको हो । किन निर्माण र उत्खनन अनुमति दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2023
Website | + posts




ताजा
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)