बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम , तोलाकै रू १ लाख १२ हजार

बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम , तोलाकै रू १ लाख १२ हजार : Icon Khabar

काठमाडौं, जेठ १७ । सुनको भाउले बुधबार (जेठ १७ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य वैशाख २१ गते अहिलेसम्मकै उच्च १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ कायम रहेको थियो । मंगलबार पनि सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 May 2023
Website | + posts