बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम , तोलाकै रू १ लाख १२ हजार

बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम , तोलाकै रू १ लाख १२ हजार : Icon Khabar

काठमाडौं, जेठ १७ । सुनको भाउले बुधबार (जेठ १७ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य वैशाख २१ गते अहिलेसम्मकै उच्च १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ कायम रहेको थियो । मंगलबार पनि सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेको थियो ।

Published Date: 31 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै