नेपालीको विदेश भ्रमण खर्च थप बढ्ने, थप ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने

नेपालीको विदेश भ्रमण खर्च थप बढ्ने, थप ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने : Icon Khabar

काठमाडौँ, जेठ १६ । विदेश भ्रमणमा जाने नेपाली पर्यटकको भ्रमण खर्च थप बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बाट लागु हुने गरी नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने भएको छ ।

पर्यटन शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत असुल गर्नुपर्नेछ भने कुनै कम्पनीले व्यवसाय प्रवर्द्धनको सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च व्यवस्था गर्दा तिर्नुपर्नेछ ।

वैदेशिक पर्यटन शुल्कबापत संकलन गरेको रकम सम्बन्धित प्याकेज बिक्रीकर्ताले अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरेर सोको जानकारी राजश्व कार्यालयमा दिनुपर्ने बताइएको छ । पर्यटन शुल्क बापत्को रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले व्याज लगाई असुल गर्ने व्यवस्था समेत गरिएको छ ।

Published Date: 30 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी