नेपालीको विदेश भ्रमण खर्च थप बढ्ने, थप ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने

नेपालीको विदेश भ्रमण खर्च थप बढ्ने, थप ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने : Icon Khabar

काठमाडौँ, जेठ १६ । विदेश भ्रमणमा जाने नेपाली पर्यटकको भ्रमण खर्च थप बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बाट लागु हुने गरी नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने भएको छ ।

पर्यटन शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत असुल गर्नुपर्नेछ भने कुनै कम्पनीले व्यवसाय प्रवर्द्धनको सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च व्यवस्था गर्दा तिर्नुपर्नेछ ।

वैदेशिक पर्यटन शुल्कबापत संकलन गरेको रकम सम्बन्धित प्याकेज बिक्रीकर्ताले अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरेर सोको जानकारी राजश्व कार्यालयमा दिनुपर्ने बताइएको छ । पर्यटन शुल्क बापत्को रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले व्याज लगाई असुल गर्ने व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने