चेन्नईलाई आइपिएलको उपाधि

चेन्नईलाई आइपिएलको उपाधि : Icon Khabar

काठमाडौं, जेठ १६ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।

जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका हुन् ।

वर्षाको कारण पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा पहिलो ओभरमा वर्षा भएपछि लामो समय खेल रोकिएको थियो । चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा नट आउट रहे । रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे ।

चेन्नईलाई उपाधि जित्न ६ बलमा १३ रन चाहिँएको थियो । मोहित शर्माले पहिलो बल योर्करका साथ दुबेलाई डट राखे । दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । दोस्रो बल पनि उनले योर्करनै हालेका थिए । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो । अन्तिम बलमा लेग साइडतर्फ आएको बल जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास