स्थानीय तहका कार्यालय र ६,७४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध

स्थानीय तहका कार्यालय र ६,७४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध : Icon Khabar

काठमाडौं, जेठ १५ । सरकारी स्वामित्वको रेडियो नेपालको प्रसारण पहुँच २०७९ फागुनसम्म ९२.० प्रतिशत पुगेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार इन्टरनेट सेवाग्राहीको घनत्व १३० दशमलव ६४ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ ।

त्यस्तै, गोरखापत्र दैनिकबाट ३८ विभिन्न भाषामा साप्ताहिक रूपमा समाचार/लेख प्रकाशित भई सो अवधिसम्म विभिन्न भाषामा ७ हजार ९४४ पत्रपत्रिका दर्ता भएका छन् ।

यस अवधिमा सबै स्थानीय तहका कार्यालय र ६ हजार ७ सय ४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ । त्यसैगरी ४ हजार ३९० स्वास्थ्य केन्द्र र ५ हजार ३१८ सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको छ ।

बाराको बराहक्षेत्र, अन्नपूर्ण सर्किट, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर, हलेसी मन्दिर, गढीमाई मन्दिर परिसर लगायत धार्मिक तथा पर्यटकीय स्थलमा निःशुल्क वाईफाई हटस्पट उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने