स्थानीय तहका कार्यालय र ६,७४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध

स्थानीय तहका कार्यालय र ६,७४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध : Icon Khabar

काठमाडौं, जेठ १५ । सरकारी स्वामित्वको रेडियो नेपालको प्रसारण पहुँच २०७९ फागुनसम्म ९२.० प्रतिशत पुगेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार इन्टरनेट सेवाग्राहीको घनत्व १३० दशमलव ६४ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ ।

त्यस्तै, गोरखापत्र दैनिकबाट ३८ विभिन्न भाषामा साप्ताहिक रूपमा समाचार/लेख प्रकाशित भई सो अवधिसम्म विभिन्न भाषामा ७ हजार ९४४ पत्रपत्रिका दर्ता भएका छन् ।

यस अवधिमा सबै स्थानीय तहका कार्यालय र ६ हजार ७ सय ४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ । त्यसैगरी ४ हजार ३९० स्वास्थ्य केन्द्र र ५ हजार ३१८ सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको छ ।

बाराको बराहक्षेत्र, अन्नपूर्ण सर्किट, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर, हलेसी मन्दिर, गढीमाई मन्दिर परिसर लगायत धार्मिक तथा पर्यटकीय स्थलमा निःशुल्क वाईफाई हटस्पट उपलब्ध छ ।

Published Date: 29 May 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता