नेपाल ५० रनमै अल आउट

नेपाल ५० रनमै अल आउट : Icon Khabar

काठमाडौं, जेठ १५ । नेपालले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियालाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भयो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् ।

नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको हो । नेपालको यो संयुक्त रुपमा कम योगफल हो । महिला टि२० आईमा यसअघि २०१९ मा १३ औं सागमा नेपाल बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न