आज नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्दै

आज नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १४ । नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज फाइनलसहित तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुदैछ ।

यसअघि सुरुवाती दुई संस्करणको च्याम्पियन नेपालले आज (आइतबार) घरेलु कोर्टमा उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल सेमिफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । अघिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नेपाल र उज्वेकिस्तानबीचको खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ बजेपछि हुनेछ । घरेलु कोर्टमा हुने खेलमा नेपाल उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

नेपालसँग कप्तान अरुणा शाहीसँगै उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, संगम महतो, साफिया पुन र सलिना श्रेष्ठ रहेका छन् । यस्तै कामना विष्ट, पुनम चन्द, कविता भट्ट, प्रगति नाथ, रिमा कुँवर, पुजा चौधरी र शान्तिकला तामाङ छन् ।

नेपाल र उज्वेकिस्तानले गत वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनलमा प्रतिस्पर्धा गर्दा नेपाल ३–२ को सेटमा विजयी भएको थियो । नेपाल सोही जितको लयलाई निरन्तरता दिने योजनामा कोर्टमा उत्रनेछ ।

यता, उज्वेकिस्तान पनि घरेलु समर्थकको साथ पाएको नेपाललाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ । उज्वेकिस्तान गत वर्ष फाइनलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल