आज नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्दै

आज नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्दै : Icon Khabar

काठमाडौं, जेठ १४ । नेपालमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज फाइनलसहित तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुदैछ ।

यसअघि सुरुवाती दुई संस्करणको च्याम्पियन नेपालले आज (आइतबार) घरेलु कोर्टमा उज्वेकिस्तानसँग खेल्दैछ । नेपाल सेमिफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । अघिल्लो संस्करणको उपविजेता उज्वेकिस्तान भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नेपाल र उज्वेकिस्तानबीचको खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ बजेपछि हुनेछ । घरेलु कोर्टमा हुने खेलमा नेपाल उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

नेपालसँग कप्तान अरुणा शाहीसँगै उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, संगम महतो, साफिया पुन र सलिना श्रेष्ठ रहेका छन् । यस्तै कामना विष्ट, पुनम चन्द, कविता भट्ट, प्रगति नाथ, रिमा कुँवर, पुजा चौधरी र शान्तिकला तामाङ छन् ।

नेपाल र उज्वेकिस्तानले गत वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनलमा प्रतिस्पर्धा गर्दा नेपाल ३–२ को सेटमा विजयी भएको थियो । नेपाल सोही जितको लयलाई निरन्तरता दिने योजनामा कोर्टमा उत्रनेछ ।

यता, उज्वेकिस्तान पनि घरेलु समर्थकको साथ पाएको नेपाललाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ । उज्वेकिस्तान गत वर्ष फाइनलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग