१९ अर्ब ८१ करोड रुपैयाँको आइपीओ जारी गर्न २१ वटा कम्पनी स्वीकृतिको पर्खाइमा

१९ अर्ब ८१ करोड रुपैयाँको आइपीओ जारी गर्न २१ वटा कम्पनी स्वीकृतिको पर्खाइमा : Icon Khabar

काठमाडौं, जेठ १४ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट १९ अर्ब ८१ करोड रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्न २१ वटा कम्पनी स्वीकृतिको पर्खाइमा छन् ।

सेबोनका अनुसार २१ कम्पनीले ९८,६३४,०३० कित्ता प्राइमरी शेयर निष्कासन गर्न आतुर छन् । जसमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत प्राथमिक शेयर जारी गर्ने लक्ष्य लिएका छन् ।

सर्वोत्तम सिमेन्टले प्रतियुनिट ५०१ देखि ७५१ रुपैयाँ ५० रुपैयाँको दरमा २४ लाख कित्ता शेयर जारी गर्न स्वीकृति मागेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सले ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्यमा ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर जारी गर्न नियामकको स्वीकृति पर्खिरहेको छ ।

२१ कम्पनीमध्ये चार बीमा कम्पनीले प्रिमियम दरमा आईपीओ जारी गर्ने छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रतिसेयर २१२ रुपैयाँका दरले १२ करोड कित्ता सेयर निष्कासन गरिरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले प्रति सेयर रु २९० को दरले ११ लाख २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । आइएमई लाइफ इन्स्योरेन्सले प्रतिसेयर २७६ रुपैयाँमा एक करोड २० लाख कित्ता र सन नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख कित्ता प्रति शेयर २५०.५५ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै अपर लोहारे हाइड्रोपावर कम्पनी, माण्डु हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एकर्ड फार्मास्युटिकल्स लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेड पनि सेबोनको स्वीकृतिको पर्खाइमा छन् । मुक्तिनाथ कृषि कम्पनी, सोनापुर मिनरल्स एन्ड आयल, डिस मिडिया नेटवर्क, ह्याथवे इन्भेष्टमेन्ट नेपाल, ट्रेड टावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनी, चिर्ख्वा हाइड्रो पावर, माथिल्लो मैलुन खोला जलविद्युत र नेपाल वेयरहाउसिङ कम्पनीले पनि प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा छन् ।

Published Date: 28 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु