मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि

मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि : Icon Khabar

काठमाडौं, जेठ १२ । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी हुने छन् ।
तीनदिने प्रतियोगिताका खेलहरु पोखरास्थित श्री स्याङजा रापाकोट तनहुँ मिलिजुली समाजमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल