मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि

मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि : Icon Khabar

काठमाडौं, जेठ १२ । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी हुने छन् ।
तीनदिने प्रतियोगिताका खेलहरु पोखरास्थित श्री स्याङजा रापाकोट तनहुँ मिलिजुली समाजमा हुनेछ ।

Published Date: 26 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग