राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित

राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित : Icon Khabar

काठमाडौँ, जेठ १२ । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई नगदसहित शुक्रबार सम्मान गरेको छ ।

खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।

प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दिपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भए । सबैलाई जनही १ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।

यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता समान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ ।

सेतोपाटी अनलाइनका सिताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट पुरस्कृत भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।

प्रदेशतर्फ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशी प्रदेशबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट अनलाइनका संजिवकुमार शाह, बाग्मती प्रदेशबाट रेडियो कान्तिपुरका सुवास विडारी, गण्डकी प्रदेशबाट आदर्श समाज राष्ट्रिय दैनिकका धनबहादुर गुरुङ, लुम्बिनी प्रदेशबाट आदर्श समाजका विजय नेपाल, कर्णाली प्रदेशबाट अन्नपूर्ण पोस्टका ललितबहादुर बुढा र सुदूरपश्चिम प्रदेशबाट अनलाइन सुदूरआज डट कमका पूर्णबहादुर खड्का रहेका छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिककी ज्योति कटुवाल तथा कान्तिपुर दैनिककै दिपक परियार सम्मानित भए । उनीहरुले २५ हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी