रिङ्ग रेस्लिङ्ग महाभिडन्तको तयारी पुरा

रिङ्ग रेस्लिङ्ग महाभिडन्तको तयारी पुरा : Icon Khabar

काठमाडौँ, जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ । प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए ।

बीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार एक कार्यक्रमबीच नगरपालिकाकी मेयर मोहनमाया भण्डारी  (ढकाल), प्रदेश खेलकुद बिकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल लगायतले  स्वागत गरेका थिए ।

सो अबसरमा नगर प्रमुख भण्डारीले प्रतियोगिताले समग्र खेलकुद विकाससंगै खेलकुद मार्फत नगरको पर्यटन विकासका लागि महत्वपूर्ण हुने बताइन् । उनले सम्पूर्ण नगरवासीहरुलाई खेलको मनोरन्जन लिन कार्यक्रमस्थल खुल्लामञ्चमा आउन आग्रह समेत गरिन् ।

प्रतियोगिताअन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

एकेडेमीका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेतले नगरपालिकाले खेलाडीहरुलाई स्वागत गरी आयोजक तथा खेलाडीहरुको हौसला बढाएकोमा आभार व्यक्त गरे । उपाध्यक्ष बस्नेतले प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुनु साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रवेश निशुल्क रहेको प्रतियोगितालाई करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने आयोजकले जनाएको छ ।

Published Date: 26 May 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो