मेयर शाहले भोलि हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह

मेयर शाहले भोलि हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह : Icon Khabar

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेठ १३ गते हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाले पदभार ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा मेयर बालेन्द्र शाहलगायत जनप्रतिनिधिले विशेष सरसफाइ कार्यक्रम आयोजना गर्न लागेको हो । नेपालमा नयाँ संविधान बनेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको झण्डै एक वर्ष भइसकेको छ ।

सो अवसरमा मेयर शाहले ३२ वडाका सबै जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रमा साझेदार संस्थाले सञ्चालन गर्ने सरसफाई अभियानमा समन्वय गर्न आग्रह गरेका छन् ।

शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।

सम्बन्धित वडाहरूले सरसफाई सामग्री उपलब्ध गराउनेछन्। सरसफाइबाट संकलन हुने फोहोर निजी क्षेत्रको सहयोगमा व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने