मेयर शाहले भोलि हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह

मेयर शाहले भोलि हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह : Icon Khabar

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेठ १३ गते हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाले पदभार ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा मेयर बालेन्द्र शाहलगायत जनप्रतिनिधिले विशेष सरसफाइ कार्यक्रम आयोजना गर्न लागेको हो । नेपालमा नयाँ संविधान बनेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको झण्डै एक वर्ष भइसकेको छ ।

सो अवसरमा मेयर शाहले ३२ वडाका सबै जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रमा साझेदार संस्थाले सञ्चालन गर्ने सरसफाई अभियानमा समन्वय गर्न आग्रह गरेका छन् ।

शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।

सम्बन्धित वडाहरूले सरसफाई सामग्री उपलब्ध गराउनेछन्। सरसफाइबाट संकलन हुने फोहोर निजी क्षेत्रको सहयोगमा व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ ।

Published Date: 26 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु