विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन

विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन : Icon Khabar

काठमाडौं, जेठ १२ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन भएको छ । अभियानको लक्ष्य ३५ हजार किलो फोहोर संकलन गर्ने थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म अन्नपूर्ण हिमालबाट ३ हजार ५६७ केजी, बरुन्टे हिमालबाट १८ हजार ५२० केजी र सगरमाथा र ल्होत्सेबाट १३ हजार ६२१ केजीसहित ३५ हजार ७०८ केजी संकलन भएको छ ।

यसैबीच सगरमाथा र ल्होत्से सरसफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली अभियान पूरा गरी फर्कन थालेको छ । जुन ५ मा विश्व वातावरण दिवसका दिन काठमाडौंमा औपचारिक कार्यक्रम गरी अभियानको औपचारिक समापन गरिने भएको छ ।

सरसफाइ अभियानमा नेपाली सेनाको टोलीलाई सघाउने दुई शेर्पा गाइडको मृत्यु भएको छ भने बिरामी परेका चार नेपाली सेनाका जवानलाई थप उपचारका लागि भारत लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने