विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन

विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन : Icon Khabar

काठमाडौं, जेठ १२ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न हिमालबाट झण्डै ३६ हजार किलोग्राम फोहोर संकलन भएको छ । अभियानको लक्ष्य ३५ हजार किलो फोहोर संकलन गर्ने थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म अन्नपूर्ण हिमालबाट ३ हजार ५६७ केजी, बरुन्टे हिमालबाट १८ हजार ५२० केजी र सगरमाथा र ल्होत्सेबाट १३ हजार ६२१ केजीसहित ३५ हजार ७०८ केजी संकलन भएको छ ।

यसैबीच सगरमाथा र ल्होत्से सरसफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली अभियान पूरा गरी फर्कन थालेको छ । जुन ५ मा विश्व वातावरण दिवसका दिन काठमाडौंमा औपचारिक कार्यक्रम गरी अभियानको औपचारिक समापन गरिने भएको छ ।

सरसफाइ अभियानमा नेपाली सेनाको टोलीलाई सघाउने दुई शेर्पा गाइडको मृत्यु भएको छ भने बिरामी परेका चार नेपाली सेनाका जवानलाई थप उपचारका लागि भारत लगिएको छ ।

Published Date: 26 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु