चेल्सीमाथि म्यानचेस्टरको सानदार जित

चेल्सीमाथि म्यानचेस्टरको सानदार जित : Icon Khabar

काठमाडौं, जेठ १२ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीमाथि सानदार जित दर्ता गरेको छ ।युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को भारी अन्तरले पराजित गर्दै अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडको जितमा क्यासमिरो, एन्थोनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा क्यासमिरोको गोलबाट युनाइटेडले खेलमा अग्रता लिन सफल भयो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्सियालले जेडान सान्चोको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अग्रसर गराए । वेस्ले फोफानाले पेनाल्टी बक्समा ब्रुनोलाई नै फउल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुनो चुकेनन् ।

७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । ८९औं मिनेटमा जोआओ फेलिक्सले हाकि जियाचको पासमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यो नतिजा बदल्न पर्याप्त रहेन ।

फ्रान्क लाम्पार्डको नेतृत्वमा १० खेल खेल्दा चेल्सीको यो आठौं हार हो । प्रिमियर लिगमा समग्रमा यो चेल्सीको १६औं हार हो ।
यस नतिजाले युनाइटेडले पुरानो प्रतिद्वन्द्वी लिभरपुललाई अर्को सिजन युरोपा लिग फुटबलमा पठाएको छ ।

२९औं मिनेटमा नै ब्राजिलियन विंगर एन्टोनी चोटका कारण मैदान छाड्नु परेको थियो । अब दुई साता भन्दाको कम समयमा शहरी प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीसँग एफए कपको फाइनल खेल्ने तयारीमा रहेको युनाइटेडलाई एन्टोनीको चोट महँगो पर्न सक्नेछ ।

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडको ३७ खेलबाट ७२ अंक पुगेको छ । अब अन्तिम खेलमा युनाइटेड पराजित भएपनि पाँचौ स्थानको लिभरपुलले भेट्ने छैन । पराजित चेल्सी ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

Published Date: 26 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली