चेल्सीमाथि म्यानचेस्टरको सानदार जित

चेल्सीमाथि म्यानचेस्टरको सानदार जित : Icon Khabar

काठमाडौं, जेठ १२ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीमाथि सानदार जित दर्ता गरेको छ ।युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को भारी अन्तरले पराजित गर्दै अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडको जितमा क्यासमिरो, एन्थोनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा क्यासमिरोको गोलबाट युनाइटेडले खेलमा अग्रता लिन सफल भयो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्सियालले जेडान सान्चोको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अग्रसर गराए । वेस्ले फोफानाले पेनाल्टी बक्समा ब्रुनोलाई नै फउल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुनो चुकेनन् ।

७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । ८९औं मिनेटमा जोआओ फेलिक्सले हाकि जियाचको पासमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यो नतिजा बदल्न पर्याप्त रहेन ।

फ्रान्क लाम्पार्डको नेतृत्वमा १० खेल खेल्दा चेल्सीको यो आठौं हार हो । प्रिमियर लिगमा समग्रमा यो चेल्सीको १६औं हार हो ।
यस नतिजाले युनाइटेडले पुरानो प्रतिद्वन्द्वी लिभरपुललाई अर्को सिजन युरोपा लिग फुटबलमा पठाएको छ ।

२९औं मिनेटमा नै ब्राजिलियन विंगर एन्टोनी चोटका कारण मैदान छाड्नु परेको थियो । अब दुई साता भन्दाको कम समयमा शहरी प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीसँग एफए कपको फाइनल खेल्ने तयारीमा रहेको युनाइटेडलाई एन्टोनीको चोट महँगो पर्न सक्नेछ ।

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडको ३७ खेलबाट ७२ अंक पुगेको छ । अब अन्तिम खेलमा युनाइटेड पराजित भएपनि पाँचौ स्थानको लिभरपुलले भेट्ने छैन । पराजित चेल्सी ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल