एघार स्वर्ण सहित काठमाण्डौ प्रथम

एघार स्वर्ण सहित काठमाण्डौ प्रथम : Icon Khabar

हेटौंडा, जेठ ११ । काठमाण्डौ जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कास्य सहित दोश्रो बागमती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडी प्रतियोगितामा प्रथम हुन सफल भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य रह्यो ।

पुरुष तर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिला तर्फ काठमाण्डौकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।

जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाण्डौका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कास्य पदक पाए । महिला तर्फ काठमाण्डौकी रोयल प्रजापतीले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् । काठमाण्डौकी अदिप्सा बैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कास्य पाए ।

ललितपुर अन्तराष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुष तर्फ काठमाण्डौका जाडेन श्रेष्ठ र काठमाण्डौकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाण्डौका गौरव लामाले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कास्य पाए ।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाण्डौका सनिल कुमार थापा मगरले २ मिनट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिला तर्फ काठमाण्डौकी आर्या महर्जनले २ मिनट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाण्डौका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी अदिप्सा बैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कास्य पाए ।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मर्यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कास्य पाए । यस्तै महिला तर्फ पनि ललितपुरले तीन वटै मेडल हात पर्यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कास्य पाए ।

५० मिटर फ्रिस्टायलमा पुरुष तर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी रोयल प्रजापतीले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाण्डौकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कास्य पाए ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोश्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल