एघार स्वर्ण सहित काठमाण्डौ प्रथम

एघार स्वर्ण सहित काठमाण्डौ प्रथम : Icon Khabar

हेटौंडा, जेठ ११ । काठमाण्डौ जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कास्य सहित दोश्रो बागमती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडी प्रतियोगितामा प्रथम हुन सफल भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य रह्यो ।

पुरुष तर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिला तर्फ काठमाण्डौकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।

जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाण्डौका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कास्य पदक पाए । महिला तर्फ काठमाण्डौकी रोयल प्रजापतीले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् । काठमाण्डौकी अदिप्सा बैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कास्य पाए ।

ललितपुर अन्तराष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुष तर्फ काठमाण्डौका जाडेन श्रेष्ठ र काठमाण्डौकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाण्डौका गौरव लामाले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कास्य पाए ।

२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाण्डौका सनिल कुमार थापा मगरले २ मिनट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिला तर्फ काठमाण्डौकी आर्या महर्जनले २ मिनट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाण्डौका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी अदिप्सा बैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कास्य पाए ।

५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मर्यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कास्य पाए । यस्तै महिला तर्फ पनि ललितपुरले तीन वटै मेडल हात पर्यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कास्य पाए ।

५० मिटर फ्रिस्टायलमा पुरुष तर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै महिला तर्फ काठमाण्डौकी रोयल प्रजापतीले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाण्डौकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कास्य पाए ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोश्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Published Date: 25 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी