इन्टर मिलान कोपा इटालियन च्याम्पियन

इन्टर मिलान कोपा इटालियन च्याम्पियन : Icon Khabar

काठमाडौँ, जेठ ११ । लाउटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ ले हराउदै इन्टर च्याम्पियन बनेको हो ।

सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । इन्टर लगातार दोस्रोपटक तथा समग्रमा नवौंपटक च्याम्पियन बन्न सफल भएको हो ।

रोमामा बुधबार राति भएको फाइनलमा इन्टरलाई च्याम्पियन बनाउन अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलबाट फियोरेन्टिनाले अग्रता लिन सफल भएको थियो । उनले जोनाथनको पासमा गोल गर्न सफल भएका थिए ।

२९औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

इन्टरले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ । यस्तै फियोरेन्टिनाले ७ जुनमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ ।

Published Date: 25 May 2023
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय