इन्टर मिलान कोपा इटालियन च्याम्पियन

इन्टर मिलान कोपा इटालियन च्याम्पियन : Icon Khabar

काठमाडौँ, जेठ ११ । लाउटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ ले हराउदै इन्टर च्याम्पियन बनेको हो ।

सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । इन्टर लगातार दोस्रोपटक तथा समग्रमा नवौंपटक च्याम्पियन बन्न सफल भएको हो ।

रोमामा बुधबार राति भएको फाइनलमा इन्टरलाई च्याम्पियन बनाउन अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलबाट फियोरेन्टिनाले अग्रता लिन सफल भएको थियो । उनले जोनाथनको पासमा गोल गर्न सफल भएका थिए ।

२९औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

इन्टरले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ । यस्तै फियोरेन्टिनाले ७ जुनमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts