आज सिथि नख: पर्व मनाइदै

आज सिथि नख: पर्व मनाइदै : Icon Khabar

भक्तपुर, जेठ ११ । नेवार समुदायले आज बिहिबार सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गर्ने गरिन्छ ।

सिथि नखः हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्ने गर्दछन् ।

सिथि नखः का दिन हरेक वर्ष पानीको श्रोतलाई पुन सरसफाई गर्नु पर्दछ र आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ ।

सफा गरिसकेपछि चार दिनसम्म इनारबाट पानी तानिदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ ।

अहिलेको मौसममा पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुने भएकोले अग्रजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यस पर्वसँगै १५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ ।

Published Date: 25 May 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर