लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा

लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा : Icon Khabar

काठमाडौँ, जेठ ११ । आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको छ ।

मुम्बईले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भेट पक्का गरेको छ । शुक्रबार गुजरातलाई हराए मुम्बईले फाइनलमा चेन्नईसँगको भेट पक्का गर्नेछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

लखनऊका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । कायल मेयर्स १८ र दीपक हुडा १५ रनमा आउट भए । अन्य कुनैपनि लखनऊका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । निकोलस पुरन डक आउट भए ।

मुम्बईका आकाश माधवालले ३.३ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चवालाले समान एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईको जितमा क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts