लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा

लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा : Icon Khabar

काठमाडौँ, जेठ ११ । आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको छ ।

मुम्बईले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भेट पक्का गरेको छ । शुक्रबार गुजरातलाई हराए मुम्बईले फाइनलमा चेन्नईसँगको भेट पक्का गर्नेछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

लखनऊका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । कायल मेयर्स १८ र दीपक हुडा १५ रनमा आउट भए । अन्य कुनैपनि लखनऊका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । निकोलस पुरन डक आउट भए ।

मुम्बईका आकाश माधवालले ३.३ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चवालाले समान एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईको जितमा क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए ।

Published Date: 25 May 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर