तस्करीका सामानको अनुमति दिन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ

तस्करीका सामानको अनुमति दिन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ : Icon Khabar

धनगढी, जेठ १० । भन्सार छली गरेर ल्याएको सामान पास गराउन भन्दै प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन् ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ नजिकै भारत पलियाका ५० वर्षीय सुधीर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट तस्करी गरेको आठ हजार रुपैयाँको सामान पास गराउन भन्दै प्रहरीलाई घुस दिन खोजेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान ५ सय रुपैयाँ लिएर सामान छोड्न भनेका थिए ।

गुप्ताको साथबाट प्रहरीले मिठाई, सुपारी, चिया पात, दुध लगायतका सामग्री बरामद गरेको छ । पक्राउ परेका गुप्ता र बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु