तस्करीका सामानको अनुमति दिन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ

तस्करीका सामानको अनुमति दिन प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ : Icon Khabar

धनगढी, जेठ १० । भन्सार छली गरेर ल्याएको सामान पास गराउन भन्दै प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन् ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ नजिकै भारत पलियाका ५० वर्षीय सुधीर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट तस्करी गरेको आठ हजार रुपैयाँको सामान पास गराउन भन्दै प्रहरीलाई घुस दिन खोजेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार गुप्ताले बुधबार बिहान ५ सय रुपैयाँ लिएर सामान छोड्न भनेका थिए ।

गुप्ताको साथबाट प्रहरीले मिठाई, सुपारी, चिया पात, दुध लगायतका सामग्री बरामद गरेको छ । पक्राउ परेका गुप्ता र बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने