अब नेपालबाट अष्ट्रेलिया जान सकिने, वायुसेवा निगमलाई अनुमति प्रदान

अब नेपालबाट अष्ट्रेलिया जान सकिने, वायुसेवा निगमलाई अनुमति प्रदान : Icon Khabar

काठमाडौँ, जेठ १० । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगम अथवा नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान गर्न पाउने भएको छ ।

निगमले सातामा वाइडबडीबाट २ उडान गर्न अनुमति र समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबार उडान अनुमति दिएकाे छ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। यस उडानका लागि काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट रहने छ । निगमका अनुसार सिंगापुरबाट अष्ट्रेलियाको सिड्नी उड्ने भएको हो ।

हाल विमानस्थलकोलागि मेन्टेनन्स, मर्मत र अपरेशन छनोट गरिसकेकाे छ भने जनरल सेल्स एजेन्ट, यात्रुलाई खानाका लागि समेत क्याटरिङ कम्पनी, सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोट लगायत अन्य प्रक्रिया निगमले अघि बढाएको छ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु