बुधबार सुनको मूल्य प्रतितोलामा घट्यो कि बढ्यो ?

बुधबार सुनको मूल्य प्रतितोलामा घट्यो कि बढ्यो ? : Icon Khabar

काठमाडौं, जेठ १० । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ रहेको थियो ।

यस्तै, तेजावी सुनको भाउ १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु