नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा

नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, जेठ ९ । बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगै ६ अंक बनाएको हो ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह बिजेता र उपबिजेताको छिनोफाने भोली बुधबार हुने नेपाल र भारत विचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै आजै भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो । यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ पर्यो। यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

Published Date: 23 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु