सन्दीपा लेभल टु प्रशिक्षक

सन्दीपा लेभल टु प्रशिक्षक : Icon Khabar

काठमाडौं, जेठ ९ । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

सन्दीपाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । सन् २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईएफओटीसी च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २०औं जोर्डन ओपनमा तेस्रो स्थान हात पारेकी थिइन् । यस्तै सन् २०२१ मा मलेसियामा भएको डीजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले गत अगस्टमा मलेसियामै आयोजना भएको सराबाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् । यस्तै गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन् । उनले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अफिसियल रेफ्रीजर्ज र टेक्निकलको भूमिका निर्वाह गरेकी छन् । सन् २०२२ को जुलाईमा अमेरिकामा भएको भर्जिनिया कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी उनले गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी–टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गरेकी थिइन् ।

Published Date: 23 May 2023








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा