७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान : Icon Khabar

काठमाडौं, जेठ ९ । नेपाल धितोपत्र बोर्डले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय भएको हो ।

एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन् ।नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज रहेका छन् । यसैगरी, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले पनि लाइसेन्स पाएका छन् ।

Published Date: 23 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा