काठमाडौँ, जेठ ८ । सोमबार नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६० करोडको शेयर कारोबार भएको बजारमा २७२ स्टकको २५ हजार ७४६ पटकको कारोबारमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशत बढेको छ। बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।
Published Date: 22 May 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1