इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने

इटालियन डिफेन्डर बोनुचीले सन्यास लिने : Icon Khabar

काठमाडौँ, जेठ ६ । इटाली तथा युभेन्ट्सका भेट्रान डिफेन्डर तथा कप्तान लियोनार्दाे बोनुचीले यो सिजनको अन्त्यसँगै सन्यास लिने बताएका छन् ।

३६ वर्षीय बोनुचीले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने निर्णय गरेका हुन् । बोनुचीले इटालियन क्लब युभेन्ट्समा दुई स्पेलमा आठ सिरी ए उपाधि जितेका छन् ।

युभेन्ट्सबाट उनले ५ सय खेल पूरा गरेका छन् । उनले इटालीबाट १२० क्याप जितेका छन् । उनले इटालीबाट सन् २०२१ मा भएको युरो २०२० को उपाधि जितेका छन् ।

उनले युभेन्टसको युट्युब च्यानललाई भने, ‘यो शर्ट लगाउनु १२ वर्षदेखि सपनामा बाँच्नु जस्तै हो । मैले गरेको सबै कुरा एक शर्टको लागि हो जुन मेरो लागि दोस्रो छाला जस्तै हो । अझै पनि म भित्र यो शर्ट लगाएर मैदानमा जान पाउँदा खुसी लाग्छ ।’

बोनुचीले सन् २००५ मा इन्टर मिलानबाट आफ्नो व्यवसायिक खेल करिअर सुरु गरेका थिए । उनले सन् २००५–०६ को सिजनमा नै पहिलो सिरी ‘ए’ को उपाधि जित्न सफल भएका थिए ।

सन् २०१० मा युभेन्ट्समा आउनुअघि बोनुचीले ट्रेभिसो, पिसा, जेनोवा र बारीमा सानदार प्रदर्शन गरेका थिए । एन्ड्रिया बार्जागली, जर्जियो चिलिनी र गोलकिपर जियानलुइगी बुफोनको साथमा उनले एक दशकसम्म इटालियन फुटबलमा प्रभुत्व जमाउने युभेन्ट्सको प्रख्यात ब्याकलाइनको हिस्सा बने।

टुरिन दिग्गजहरूले २०११–१२ र २०१९–२० को बीचमा लगातार ९ उपाधि जितेका थिए । बोनुची सन् २०१७–१८ मा एसी मिलानमा एक सिजन बिताएपछि पुनः युभेन्ट्स नै फर्किएका थिए ।

बोनुचीले २०१० मार्चमा इटालीका लागि डेब्यु गरे । चार वर्षपछि पहिलोपटक टोलीको कप्तानी गरे । उनले दुई विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा इटालीको प्रतिनिधित्व गरे ।

युरो २०१२ मा उपविजेता बनेर नौ वर्षपछि वेम्बलीमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा जितेर ट्रफी उचाल्यो । ‘जब म अर्को वर्ष खेल्न बन्द गर्छु, यो रक्षात्मक युगको अन्त्य हुनेछ ।’ बोनुचीले भने ।

Published Date: 20 May 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु