अर्थतन्त्र चलायमान बनाउन घर कर्जामा जोड दिँदै बैंक

अर्थतन्त्र चलायमान बनाउन घर कर्जामा जोड दिँदै बैंक : Icon Khabar

काठमाडौँ, जेठ ६ । बैंकहरुले अर्थतन्त्रमा माग बढाउन र चलायमान बनाउनको लागि घर कर्जामा जोड दिन थालेका छन्। बैंकहरुले घर कर्जा बढाउँदा सिमेन्ट, इँटा, बालुवा, रडलगायतका उद्योगहरुमा माग बढ्ने र त्यसले गर्दा अर्थतन्त्रमा चलायमान बनाउन सहयोग पुर्याउने भन्दै घर कर्जामा जोड दिन थालेका हुन्।

महँगो ब्याजदरका कारण बैंकहरुमा ठुला कर्जाको माग अझै बढ्न सकेको छैन। व्यवसायीहरुले कर्जाको माग नगर्दा बैंकहरुको ठुलो कर्जा जान सकेको छैन। अहिले लगानीयोग्य रकम बैंकमा थुप्रिन थालेको छ।

यसले गर्दा बैंकहरु अहिले साना कर्जाको मार्केटिङ गर्न थालेका छन । त्यसमा पनि घर कर्जामा बैंकहरुको विशेष जोड देखिन्छ। अहिले कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, प्रभु बैंकलगायतले घरकर्जालाई विशेष जोड दिएर नयाँ स्किम ल्याएका छन्।

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा लगानी निकै न्यून छ। राष्ट्र बैंकको तथ्याँक अनुसार बैशखासम्ममा १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन्। अहिले पनि कर्जाको माग न्युन रहेकोले बैंकहरु साना कर्जामा जोड दिइरहेका छन्।

व्यापार व्यवसाय ठप्प हुँदा बैंकहरुको खराब कर्जा पनि बढ्दै गएको छ। बैंकहरुको खराब कर्जा बढ्नुमा पनि नयाँ कर्जा नजानु मुख्य कारण रहेको जानकारहरु बताउछन्।

Published Date: 20 May 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु