सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने : Icon Khabar

काठमाडौं, जेठ ४ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

आज (बिहीबार)को प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सो ब्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गर्नुभएको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि शुक्रबार साँझ ६ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023
Website | + posts