आज दोहोरो अंकले बढ्यो नेप्से , यस वर्षको सबै भन्दा बढी कारोबार

आज दोहोरो अंकले बढ्यो नेप्से , यस वर्षको सबै भन्दा बढी कारोबार : Icon Khabar

काठमाडौं, जेठ ४ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। वि.सं. २०८० मा पहिलो पटक १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। आज बजारमा २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। बिहीबार व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 18 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी