आज दोहोरो अंकले बढ्यो नेप्से , यस वर्षको सबै भन्दा बढी कारोबार

आज दोहोरो अंकले बढ्यो नेप्से , यस वर्षको सबै भन्दा बढी कारोबार : Icon Khabar

काठमाडौं, जेठ ४ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। वि.सं. २०८० मा पहिलो पटक १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। आज बजारमा २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। बिहीबार व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023
Website | + posts