जापानको सेयर बजार सूचक सन् १९९० अगस्टयताकै उच्च विन्दुमा

जापानको सेयर बजार सूचक सन् १९९० अगस्टयताकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, जेठ ४ । जापानको सेयर बजार सूचक ३३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार जापानको ‘टोकियो प्राइस इन्डेक्स (टपिक्स)’ सन् १९९० अगस्टयताकै उच्च विन्दुमा पुगेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ ।

टपिक्सले सन् २०२३ को हालसम्म १५% भन्दा बढी वृद्धि हासिल गरिसकेको छ । विदेशी लगानीकर्ताहरु पुनः जापानमा लगानीका लागि आकर्षित हुन थालेपछि सेयर बजारमा पनि रौनकता आएको हो ।करिब २ हजार सूचीकृत कम्पनीहरु सम्मिलित यस सूचकले एसिया–प्रशान्त क्षेत्रका अन्य सेयर बजारहरुको तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ ।

यता, जापानको अर्को सेयर बजार सूचक ‘निक्के २२५’ ले पनि ३० हजार विन्दुको मनोवैज्ञानिक रेखा पार गरेको छ । निक्के पनि सन् २०२१ को नोभेम्बर महिनायताकै उच्च विन्दुमा पुगेको हो । जापानको सेयर बजारले सन् १९८९ मा क्र्यास भएयता पुनः अल टाइम हाई विन्दु छुन सकेको छैन ।यद्दपि, पछिल्लो समय विदेशी लगानीकर्ताहरुले जापानलाई लगानी गन्तव्य बनाउन थालेका छन् ।

यस वर्षको सुरुमा बर्कसायर ह्याथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वारेन बफेटले जापानका शीर्ष ५ ट्रेडिङ फर्महरुमा आफ्नो हिस्सेदारी बढाएपछि ति फर्महरुको सेयर भाउमा उछाल आएको थियो । बफेटले आफ्नो होल्डिङ अझै बढाउने संकेत पनि गरिरहेका छन् ।

यता, गोल्डम्यान स्याक्सले मे १२ मा एक रिपोर्ट सार्वजनिक गर्दै जापानी कम्पनीहरुको आधारभूत पक्षहरु पनि बलियो भएका कारण लगानीका लागि उचित रहेको बताएको थियो । यस्तै, कतिपय लगानीकर्ताहरुले जापानको कर्पोरेट सुशासनमा सुधारको तीव्र लहर चलिरहेको र उच्च प्रतिफल दिने स्टकहरु अन्डरभ्याल्यूड रहेको धारण विकास गरेका छन् । जसका कारण जापानमा लगानीकर्ताको आकर्षण बढेको छ ।

Published Date: 18 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग