ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ ?: सांसद सुवाल

ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ ?: सांसद सुवाल : Icon Khabar

काठमाडौँ, जेठ ४ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालयको विधेयकलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

सांसद सुवालले ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले आफ्नो रुची पनि ख्वप विश्व विद्यालय संचालनमा रहेको बताएका छन् ।

उनले गुणस्तरिय शिक्षा प्रदान गरि शिक्षालाई रोजगारीमूलक र जीवन उपयोगी बनाउने नीति सरकारले लिएको कुरा ब्यक्त गरे।
प्रधानमन्त्री दाहालले ख्वप विश्वविद्यालयकोबारे आफैले पनि गएर अध्ययन, अनुगमन गरेको र आफनो रुची भएकोले यसको विधेयक अघि बढाउनेमा सांसद सुवाललाई विश्वास दिएका छन्।

Published Date: 18 May 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता