ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ ?: सांसद सुवाल

ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ ?: सांसद सुवाल : Icon Khabar

काठमाडौँ, जेठ ४ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालयको विधेयकलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

सांसद सुवालले ख्वप विश्वविद्यालयको विधयेक पारित नभई ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण कसरि हुन्छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले आफ्नो रुची पनि ख्वप विश्व विद्यालय संचालनमा रहेको बताएका छन् ।

उनले गुणस्तरिय शिक्षा प्रदान गरि शिक्षालाई रोजगारीमूलक र जीवन उपयोगी बनाउने नीति सरकारले लिएको कुरा ब्यक्त गरे।
प्रधानमन्त्री दाहालले ख्वप विश्वविद्यालयकोबारे आफैले पनि गएर अध्ययन, अनुगमन गरेको र आफनो रुची भएकोले यसको विधेयक अघि बढाउनेमा सांसद सुवाललाई विश्वास दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2023
Website | + posts