काजुसँगै दूध सेवन गर्नुस , स्वास्थ्य लाभ लिनुस

काजुसँगै दूध सेवन गर्नुस , स्वास्थ्य लाभ लिनुस : Icon Khabar

काठमाडौँ, जेठ ४ । पछिल्ला केही वर्षयता काजुयुक्त दूधको लोकप्रियता निकै बढेको छ । काजूको दूध पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । यो दूधले धेरै रोग लाग्नबाट जोगाउन मद्दत गर्छ । काजूको दूध एक क्रीमयुक्त र पौष्टिक दूध हो ।

यस दुधलाई क्रीमयुक्त बनाउन भिजेका काजूलाई पानीमा मिसाइन्छ । काजूको दूधमा धेरै आवश्यक भिटामिन र मिनरल्स प्रशस्त हुन्छ, जसले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउन सक्छ । यदि तपाईंले अहिलेसम्म यो स्वादिष्ट दूधको स्वाद चाख्नुभएको छैन भने, तपाईंले यसलाई आजबाट पिउन सुरु गर्नुहोस् । किनभने यसका धेरै फाइदाहरू छन् ।

काजूयुक्त दूध पिउनुका फाइदाहरु

१. मुटुको स्वास्थ्यमा सुधार गर्छ – काजूको दूधमा कम संतृप्त फ्याट र बढी असंतृप्त फ्याट हुन्छ । यही कारण हो कि काजूको दूधले मुटुको स्वास्थ्यलाई बढाउँछ । यसले एलएडिएल अर्थात् खराब कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ, जसले हृदय रोगको जोखिम बढाउने काम गर्छ । काजूमा तामा र भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । यी दुवै रक्तनलीहरूको कामका लागि राम्रो हुन्छ ।

२. तौल घटाउन सहयोगी – काजूको दूधमा भिटामिन बी प्रशस्त हुन्छ, जुन कार्बोहाइड्रेट मेटाबोलिज्मका लागि आवश्यक हुन्छ । यसले तौल घटाउन मद्दत गर्न सक्छ ।

३. आँखाका लागि लाभदायक – काजूको दूध, ल्युटिन र जिज्याथिनजस्ता एन्टिअक्सिडेन्टहरूले भरिपूर्ण, फ्रि रेडिकलहरूले आँखामा हुने सेलुलर क्षतिलाई रोक्न मद्दत गर्दछ । काजूको दुधको सेवनले आँखा बिगार्ने मेकुलर डिजेनेरेशनको जोखिम कम गर्छ, ।

४. प्रतिरक्षा प्रणालीको लागि राम्रो – काजूको दूधमा जिंक हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । एकै समयमा, यसको उच्च एन्टिअक्सिडेंट गुणहरूले शरीरमा सुन्नाई कम गर्न पनि मद्दत गर्दछ ।

५. हड्डीका लागि फाइदाजनक – केही अध्ययनहरूले पत्ता लगाएको छ कि काजूको दूधमा पोटासियम, क्याल्सियम र म्याग्नेसियमको उपस्थितिको कारणले हड्डीलाई सुरक्षा प्रदान गर्दछ । यसमा भिटामिन के पनि हुन्छ, जुन हड्डी निर्माण गर्ने उत्कृष्ट तत्व हो ।

Published Date: 18 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु