सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा : Icon Khabar

काठमाडौं, जेठ ३ । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् ।

प्रतियोगितामा १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उपत्यका तथा मोफसलका बुटवल र हेटौंडाका विभिन्न ३५ विद्यालय सहभागी हुने छन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ ।

ब्वाइज/गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३/३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताको पहिलो दिन ब्वाइज÷गल्र्स सिंगल्सको फाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न