वनप्लस ११ स्मार्टफाेनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध

वनप्लस ११ स्मार्टफाेनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध : Icon Khabar

काठमाडौं, जेठ ३ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसको पछिल्लो फ्ल्यागशिप फोन ‘वनप्लस ११’मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने भएको छ । कम्पनीले याे स्मार्टफाेनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध भएको घोषणा गरेको हो ।

यसको अर्थ अब प्रयाेगकर्ताले ‘डेभलपर प्रिभ्यु प्रोग्राम’ अन्तर्गत आफ्नो वनप्लस ११ फाइभजी फोनमा एन्ड्रोइड १४ को अनुभव लिन सक्नेछन् ।

“वनप्लसले गुगलसँग सहकार्य गरेर प्रयोगकर्तालाई एन्ड्रोइड १४ मा आधारित अक्सिजन ओएस उपलब्ध गराउन काम गरिरहेको छ,” वनप्लसका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) किन्डर लिउले विज्ञप्तिमा भनेका छन्, “गुगलसँग थप सहकार्य गरेर वनप्लस ११ डेभलपर्समा एन्ड्रोइड १४ उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं ।”

वनप्लस ११ फाइभजी ओप्पोले सार्वजनिक गरेको पछिल्लो फ्ल्यागशिप फोन हो । जुन अहिलेको शक्तिशाली चिपसेटका रूपमा परिचित स्न्यापड्रागन ८ जेन टुद्वारा सञ्चालित छ ।

फोनमा १६ जीबीको र्‍याम, १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्च सुपर फ्ल्युड एमोलेड डिस्प्ले, १०० वाट सुपर भोक चार्जर, थर्ड जेन ह्यासलब्लाड क्यामेरा रहेको छ ।

Published Date: 17 May 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता