बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घट्यो

बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ३ । बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार भने सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो तीन कारोबार दिन चाँदीको भाउ स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 17 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग