बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घट्यो

बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ३ । बुधबार सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार भने सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो तीन कारोबार दिन चाँदीको भाउ स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts