नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत : Icon Khabar

काठमाडौं, जेठ ३ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्न सहमत भएको छ । मंगलबार बंगलादेशमा भएको दुई देशबीचको सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी (जेएससी)’को बैठकमा ४० मेगावाट विद्युत् खरिद गर्न बंगलादेश सहमत भएको हो ।

नेपालको विद्युत भारत हुँदै जाने भएकाले भारतसँग त्रिपक्षीय बैठक गर्न दुवै देश सहमत भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड, भारत र बंगलादेश विद्युत विकास बोर्डबीच जतिसक्दो चाँडो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । नेपालमा उत्पादन हुने ४० मेगावाटसम्म बिजुली बंगलादेश पुग्छ ।

नेपाल र बंगलादेशबीच गत अगस्टमा ४० मेगावाट विद्युत परीक्षणका रूपमा लिने सम्झौता भएको थियो ।

Published Date: 17 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग