नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत : Icon Khabar

काठमाडौं, जेठ ३ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्न सहमत भएको छ । मंगलबार बंगलादेशमा भएको दुई देशबीचको सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी (जेएससी)’को बैठकमा ४० मेगावाट विद्युत् खरिद गर्न बंगलादेश सहमत भएको हो ।

नेपालको विद्युत भारत हुँदै जाने भएकाले भारतसँग त्रिपक्षीय बैठक गर्न दुवै देश सहमत भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड, भारत र बंगलादेश विद्युत विकास बोर्डबीच जतिसक्दो चाँडो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । नेपालमा उत्पादन हुने ४० मेगावाटसम्म बिजुली बंगलादेश पुग्छ ।

नेपाल र बंगलादेशबीच गत अगस्टमा ४० मेगावाट विद्युत परीक्षणका रूपमा लिने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts