बालकृष्ण खाँण पक्राउ परेको विषयमा पार्टीको आधिकारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

बालकृष्ण खाँण पक्राउ परेको विषयमा पार्टीको आधिकारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै : Icon Khabar

काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसले यस विषयमा पार्टीको आधिकारिक धारणा लिन बैठक बसेको छ ।

बैठकमा पक्राउ परेका खाँडलाई निलम्बन गर्ने वा नलिने विषयमा छलफल हुनेछ । बुधबार पनि कांग्रेसले करिब तीन घण्टा बैठक बसेको थियो । बैठकमा ठोस निर्णय हुन नसकेपछि कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts